नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) मा नेता हुने हाेडबाजी, नेताकाे बुइ चढ्नेहरु पुन: नेता बन्ने तयारीमा

-


     मनासलु     
     मंसिर १० गते २०७८ मा प्रकाशित


कात्तिक १०,गाेरखा । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) गोरखाले भोलि हुन लागेको जिल्लाका ११ वटै पालिकाको अशिबेशनको तयारी पुरा गरेको जनाएको छ । माओबादी केन्द्रले गोरखा जिल्लाका २ वटा नगरपालिका र ९ वटा गाउँपालिका स्तरीय अधिबेशनको तयारी पुरा गरिसकेको पार्टीका जिल्ला समन्वय समितिका संयोजक लेखबहादुर थापा मगरले जानकारी दिए । अघिबेशनका लागि दुवै नगरपालिका र ९ वटै गाउँपालिकामा निर्वाचन समितिले काम सुरु गरिसकेको उनले बताए ।

‘सवै पालिकामा मतपत्र, मनोनयन पत्र लगायतका आबश्यक निर्वाचन सामाग्री पु¥याई सकिएको छ, संयोजक थापामगरले भने, ‘पालिकाहरुमा ५५ सदस्य र नगरपालिकामा ८५ सदस्सीय पार्टी समिति चयन हुनेछ ।’ सवै पालिकाहरुमा सकभर सहमतिबाट पदाधिकारी तथा सदस्य चयन गरिने उनले बताए । नगरपार्टी समिति र पालिका समितिमा ७/७ जना पदाधिकारी रहनेछन् । जसमा अध्यक्ष, ३ उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष रहने व्यवस्था माओबादी केन्द्रको विधानले गरेको छ ।

सहमतिमा नेतृत्व चयन हुन नसक्ने अबस्था आए मतदानबाट नेतृत्व चयन गरिने संयोजक थापामगरले बताए । उनका अनुसार पार्टीको विधान अनुसार पालिकाको सवै समितिहरुमा महिला ३५ प्रतिशत, युवा २० प्रतिशत, दलित १५ प्रतिशत अनिबार्य समेट्ने व्यवस्था गरिएको छ । त्यस्तै अधिबेशनबाट अधिबेशनबाट जिल्लाको गोरखा नगरपालिकाबाट २२ जना, पालुङटार नगरपालिकाबाट २० जना, सहिद लखन गाउँपालिका १९ जना, गण्डकी गाउँपालिकाबाट १८ जना प्रदेश प्रतिनिधिको रुपमा चयन हुनेछन् ।

त्यस्तै बारपाक सुलिकोट गाउँपालिकाबाट १४ जना, भीमसेन थापा गाउँपालिकाबाट १३ जना, सिरानचोक गाउँपालिका १२ जना, धार्चे गाउँपालिकाबाट ११ जना, अजिरकोट गाउँपालिकाबाट १० जना, आरुघाट गाउँपालिकाबाट ९ जना र चुमनुव्री गाउँपालिकाबाट ५ जना प्रदेश प्रतिनिधिको रुपमा निर्वाचित हुने संयोजक थापामगरले जानकारी दिनुभयो । गोरखा जिल्लाबाट प्रदेश प्रतिनिधिको रुपमा १ सय ५३ जना निर्वाचित हुने माओबादी केन्द्रले जनाएको छ ।

पार्टीमा पालिका स्तरमा दाेश्राे पटक नेता चुन्ने प्रक्रिया सुरु भएसँगै नेता हुन पाउने आशमा नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र)  केन्द्रमा आस्था राख्ने नेता तथा कार्यकर्ताहरु पालिकाकाे केन्द्रमा केन्द्रित हुन थालेका छन् । लामाे समयदेखि नेताकाे बुइ चढ्दै आएकाहरु नै नेता भन्ने दाैडधुपमा रहेपछि पार्टी भित्र आलाेचना समेत शुरु भएकाे छ ।

जिल्लाकाे गाेरखा नगरपालिका, पालुङ्टार नगरपालिका, सिरान्चाेक, अजिरकाेट, गण्डकी , भीमसेन थापा गाउँपालिकामा अध्यक्षका प्रत्यासिहरु धेरै देखिएपछि निर्वाचन प्रक्रियामा जाने भएकाे त्यहाँका नेताहरुले जानकारी दिएका छन् ।