
गोरखा । गोरखाको मनकामनामा हुने पर्व पूजाका लागि आएका एक जना पूजारीको हृदयघातबाट ज्यान गएको छ । काठमाण्डौं महानगरपालिका ४ बल्खुका गुर्जु (पूजारी) रत्नराज बज्राचार्यको बिहीबार राती मनकामनामा हृदयघातका कारण ज्यान गएको हो ।म नकामनामा बर्षेनी २ पटक पर्व पूजा हुने गर्दछ ।
सोही पर्व पूजाका लागी गुठी संस्थानबाट खटी आएका बज्राचार्यको अकास्मत हृदयघात हुदाँ ज्यान गएको स्थानीय दिनेश जोशीले जानकारी दिए । बज्राचार्यको बिहीबार राती १०: ०० बजे ज्यान गएको हो । मनकामनाको एक होटलमा बास बसेका उनीलाई बिहीबार राती अकास्मत असहज भए महशुस गरेको र केही क्षणमा नै उनको ज्यान गएको हो ।
अहिले घटना स्थलमा गोरखा प्रहरीको टोली पुगेको र घटनाको बिषयमा जानकारी लिने काम भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिए । । घटनाको पूर्ण विवरण भने आउन बाँकी नै रहेको गोरखा प्रहरीले जनाएको छ ।




