
गाेरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काे प्रथम अधिवेशनबाट जिल्लाकाे शहिद लखन गाउँपालिका अध्यक्षमा रमेश थापा मगर निर्वाचित भएका छन् । उपाध्यक्षमा ध्रुव कुमार खनाल, इन्दिरा तिवारी, कृष्ण अँगाइ, सचिवमा कृष्णबाबु श्रेष्ठ, सह सचिव भरतबाबु खनाल, काेषाध्यक्ष शेर बहादर विश्वकर्मा सहित ५२ सदस्यिय पालिका समिति निर्माण भएकाे निर्वाचन समितिका सँयाेजक राेहिणी प्रसाद खनालले बताए ।
आरुघाट गाउपालिकाको प्रथम अधिवेशन ५५ जनाको नया कमिटी निर्माण गरेकाे छ । जसकाे अध्यक्ष : बिष्णु प्रकाश खड्का ,उपाध्यक्ष : डिल बहादुर रोका , अमृता लामा, पार्वती सापकोटा ,सचिव राजकुमार ढकाल, सह सचिब गम बहादुर गुरुङ, कोषाध्यक्ष कृष्ण बहादुर नेपाली रहेकाे माओवादी केन्द्रले जनाएकाे छ ।





