ऋषिङ गाउँपालिका अध्यक्षमा वीर बहादुर थापा निर्वाचित

-


     मनासलु     
     मंसिर १२ गते २०७८ मा प्रकाशित


तनहुँ । नेकपा माअोवादी ऋषिङ गाउपालिकाको   अध्यक्षमा वीर बहादुर थापा निर्वाचित भएका छन् ।    थापाको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी निर्वाचित भएकाे हाे । कमिटीको उपाध्यक्षमा मधुप्रसाद आले,शर्मिला आले र बसन्त शदाशंकर निर्वाचित गरेको छ ।सचिवमा डम्बर विक र सहसचिवमा कुश वहादुर थापा चयन गरेको छ भने कोषाध्यक्षमा गोपाल रानाभाट लाई निर्वाचित गरेको छ।

कार्यक्रममा विशिष्ट अतिथि अोमराज आले मदनले हालको सारा उपलब्धि माअोवादीले ल्याएता पनि शासन गर्ने तहमा अरुले हालिमुहाली गरेको बताएका थिए  । देशमा संघीयता गणतन्त्र धर्मनिरपेक्षा जस्ता उपलब्धि माअोवादी जनयुद्धको देन भएको उल्लेख गरे । यसैवीच वामएकता अोलीको कारण टुटेको उल्लेख गरे ।साथै ऋषिङको विकासमा आपार्टीले कुनै कसर नराख्ने बताए । यसैगरी नेकपा एमालेका ऋषिङ गाउपालिकाका अध्यक्ष गन्जसिह गुरुङले शुभकामना मन्तव्य दिदै आगामी स्थानीय चुनावमा वामघटक वीच तालमेल गरेर जानुपर्ने बताए । जनयुद्धका सहिद परिवारलाई कार्यक्रमका विशिष्ट अतिथि अोमराज अाले मदनले खादा अोडाएर सम्मान गरेको छ। सहिद शम्भु विक,नारायण श्रेष्ठ ,कुल वहादुर सोती,किर्तिमान थापा र खेमलाल परियारको परिवारलाई सम्मान गरेको हो।  उहाँहरूको १० वर्षे जनयुद्धको क्रममा राज्यपक्षबाट निधन भएको थियोे ।