
गाेरखा । नेकपा माओवादी केन्द्र चुमनुब्री गाउँ पार्टी कमिटीको अध्यक्षमा कुमारी गुरुङ सर्वसम्मतले चयन भएकी छिन् । गाउँपालिका केन्द्र सिर्दिबासमा सम्पन्न पार्टीको अधिवेशनले गुरुङको अध्यक्षतामा ५५ सदस्यीय कमिटी निर्माणा गरेकाे बल बहादुर गुरुङले बताए । कमिटीको उपाध्यक्षमा रामकुमार गुरुङ, चित्र बहादुर गुरुङ, सुरेन्द्र गुरुङ, सचिवमा बल बहादुर गुरुङ, कोषाध्यक्षमा छिरिङ ध्युर्मे लामा, सहसचिवमा काजी घले चयन भएका छन् ।
लाक्पा डुण्डुप लामाको सयोजकत्वमा १७ सदस्यीय गाउँकमिटीको सल्लाहकार कमिटी गठन भएकाे छ । लक्ष्मण घलेको संयोजकत्वमा ५ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मंच गठन गरिएको छ ।
अधिवेशनको अवसरमा विभिन्न विभागका लागि जिम्मेवारी पनि तोकिएको छ । शिक्षा विभागको प्रमुखमा वीरबल घले, संगठन विभागको प्रमुखमा बल बहादुर गुरुङ, कृषि तथा पशुपंक्षाका प्रमुखमा छिरिङ लामा नुब्रीलाई जिम्मेवारी तोकिएको छ ।
जडिबुटी तथा वनपैदावार करसाङ लामा चुम्बा, संस्कृति÷पर्यटन विभागको प्रमुख लाक्पा डुण्डुप लामा, महिला विभागको प्रमुखमा लक्ष्मी गुरुङ, आर्थिक विभागको प्रमुखमा छिरिङ घ्युर्मे लामा चुम्बालाई पार्टीले जिम्मेवारी ताेकेकाे छ ।
अध्यक्ष कुमारी गाउँपालिका निर्वाचित उपाध्यक्ष हुन् । उनी शिक्षण पेशा छाेडेर राजनितिमा आएकी थिइन ।





