
चितवन । नेकपा एमालेको दशौं महाधिवेशनबाट निर्वाचित हुने विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशित भएकाे छ । केन्द्रीय निर्वाचन समितिले उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन गरेको हो । अध्यक्ष पदका लागि अछामका भीम रावल र झापाका खड्ग प्रसाद ओली अध्यक्ष पदका लागि आमने सामने भएका छन् । उम्मेदवारहरुकाे नामावली प्रकाशन भएकाे छ ।




