
गोरखा । जिल्लाका ९ पालिकामा नेकपा (माओवादी केन्द्र) पालिकास्तरीय अधिवेसन सम्पन्न भएको छ । जिल्लाका ११ पालिकामध्ये पालुङटार नगरपालिका र बारपाक सुलिकोट गाउँपालिका बाहेक सबै पालिकामा शनिबार अधिवेसन सम्पन्न भएको सो पार्टीले जनाएको छ । जसअनुसार नगरपालिकामा ६५ सदस्यीय र गाउँपालिकामा ५५ सदस्यिय पालिकास्तरीय कमिटि गठन भएको छ ।
पालुङटारमा अध्यक्ष सहितका पदाधिकारी र बारपाक सुलिकोटमा अध्यक्ष बाहेकका पदाधिकारीको टुंगो लाग्न नसकेपछि दुबै पालिकामा केही दिनका लागि अधिवेशन स्थगित गरिएको पार्टीका जिल्ला संयोजक लेखबहादुर थापा मगरले बताए ि
पालुङटार नगर कमिटिको अध्यक्षका लागि विवश चिन्तन (गुणराज देवकाेटा), बिकास वाग्ले, मदन देवकोटा र दुर्गालाल श्रेष्ठले आकाँक्षा राखेका थिए । सहमतिको प्रयासका क्रममा श्रेष्ठले दावी छोडेपनि अन्य ३ जनाले आकाँक्षा कायमै राखेपछि अध्यक्षको टुंगो लाग्न नसकेको माओवादी केन्द्रले जनाएको छ । अधिवेशनले नगर कमिटिका ६५ सदस्य भने टुंगो लगाएको छ । अब ६५ जनामध्येबाटै नगर कमिटि अध्यक्ष, ३ उपाध्यक्ष, १ सचिव १ कोषाध्यक्ष र १ जना सहसचिवको टुंगो लगाउने भएको छ ।
बारपाक सुलिकोटमा गाउँ कमिटिका लागि ५५ सदस्य छनौट भएका छन् । त्यसमध्येबाट अध्यक्षमा नरबहादुर गुरुङ सर्वसम्मत चयन भएपनि अन्य पदमा आकांक्षी धेरै भएपछि टुंगो लाग्न नसकेको माओबादी केन्द्र गोरखाले जनाएको छ । दुबै पालिकामा पदाधिकारी चयन गर्न अर्को बैठक छिट्टै बस्ने सो पार्टीले जनाएको छ ।
चुमनुब्री गाउँपालिकाको अध्यक्षमा कुमारी गुरुङ, उपाध्यक्षमा रामकुमार गुरुङ, चित्र बहादुर गुरुङ र सुरेन्द्र गुरुङ, सचिवमा बल बहादुर गुरुङ, कोषाध्यक्षमा छिरिङ ध्युर्मे लामा र सहसचिवमा काजी घले चयन भएका छन् ।
गोरखा नगरपालिका स्तरीय नगर पार्टी कमिटिको अध्यक्षमा कृष्ण राना मगर, उपाध्यक्षमा रामबहादुर खड्का, चन्चला ज्ञवाली र मंगलबहादुर सार्की , सचिवमा हरीबहादुर खनाल, कोषाध्यक्षमा बिनोद अर्याल र सहसचिवमा गोविन्द भट्टराई चयन भएका गाेवर्धनबाबु श्रेष्ठले जानकारी दिए ।
धार्चे गाउँपालिका स्तरीय नेकपा (माओवादी केन्द्र) पार्टी कमिटिको अध्यक्षमा लक्ष्मण गुरुङ , उपाध्यक्षमा मिन बहादुर सुनार, धन कुमार गुरुङ र इन्द्र प्रसाद गुरुङ, सचिवमा सुर्य बहादुर गुरुङ, सहसचिव शरद गुरुङ र कोषाध्यक्ष प्रमिला घले चयन हुनुभएको नेकपा (माओवादी केन्द्र) गोरखाले जनाएको छ ।
शहिद लखन गाउँपालिका स्तरीय नेकपा (माओवादी केन्द्र) पार्टी कमिटिको अध्यक्षमा रमेश थापा मगर, उपाध्यक्षमा इन्दिरा तिवारी, कृष्ण अम्गाई र धुब्र खनाल, सचिवमा कृष्णबहादुर श्रेष्ठ, कोषाध्यक्षमा शेरबहादुर विक र सहसचिवमा भरत खनाल चयन भएका छन् ।
सिरानचोक गाउँपालिका स्तरीय नेकपा (माओवादी केन्द्र) पार्टी कमिटिको अध्यक्षमा नवराज पुडासैनी, उपाध्यक्षमा शारदा घिमिरे, उद्धव गुरुङ र लक्ष्मी रम्तेल, सचिवमा धनबहादुर तामाङ, कोषाध्यक्षमा हेम तमु र सह सचिवमा बिनोद भण्डारी चयन भएका छन् ।
भिमसेन थापा गाउँपालिका स्तरीय नेकपा (माओवादी केन्द्र) पार्टी कमिटिको अध्यक्षमा बिनोद पाण्डे, उपाध्यक्षमा नारायण श्रेष्ठ, मालती भट्ट र सागर श्रेष्ठ, सचिवमा मदनकुमार शाक्य, कोषाध्यक्षमा विष्णु पाण्डे र सह सचिवमा कृष्णबहादुर विक रहेका छन् ।
आरुघाट गाउँपालिका स्तरीय नेकपा (माओवादी केन्द्र) पार्टी कमिटिको अध्यक्षमा विष्णु प्रकाश खड्का, उपाध्यक्षमा डिलबहादुर रोका, अमृता लामा र पार्वती सापकोटा, सचिवमा राजकुमार ढकाल, कोषाध्यक्षमा कृष्णबहादुर नेपाली र सह सचिवमा गमबहादुर गुरुङ चयन भएका नेकपा (माओवादी केन्द्र) गोरखाले जनाएको छ ।
गण्डकी गाउँपालिका स्तरीय नेकपा (माओवादी केन्द्र) पार्टी कमिटिको अध्यक्षमा सिताराम रसाईली, उपाध्यक्षमा मिलन मग्राती र दानसीं गुरुङ, सचिवमा तुलसी रेग्मी छनाैट भएका छन् ।
अजिरकोटको अध्यक्षमा सनिल परियार, उपाध्यक्षमा अनिता भुजेल, धनबहादुर गुरुङ र प्रदिप घले, सचिवमा प्रकाश अधिकारी, कोषाध्यक्ष प्रतलाल तामाङ र सह सचिवमा विष्णु भुजेल रहेका छन् ।
अधिबेसनबाट जिल्लाभरमा एक सय ५५ प्रदेश प्रतिनिधी पनि छनौट भएका नेकपा माओबादी केन्द्र गोरखाका जिल्ला संयोजक मगरले बताए । अधवेशनले प्रदेश प्रतिनिधि समेत छनाैट गरेकाे छ । जस अनुसार गाेरखा नगरपालिकाबाट २२ जना, पालुङटार नगरपालिकाबाट २० जना, गण्डकी गाउँपालिकाबाट १६ जना, शहिदलखनबाट २०, भिमसेनबाट १३, आरुघाट ९,धार्चे ११, चुमनुब्री ५, बारपाक सुलिकाेट १४, अजिरकाेट १०,सिरानचाेक १३ जना रहेका छन् ।





