२ हजार ६ सय मत गणना हुँदा देउवाले पाए ९५८ मत

-


     मनासलु     
     मंसिर २८ गते २०७८ मा प्रकाशित


काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणनामा शेरबहादुर देउवाले अग्रता पाएका छन् ।

राष्टिय सभागृहमा जारी मतगणनामा अहिलेसम्म २ हजार ६ मत गणना हुँदा देउवाले ९ सय ५८ मत प्राप्त गरेका हुन् ।

अर्का उम्मेदवार शेखर कोइरालाले ७ सय २६ र प्रकाशमान सिंहले १ सय ५३ मत प्राप्त गरेका छन ।  विमलेन्द्र निधिले १ सय १७ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने ६ मत मात्र प्राप्त भएको छ ।

कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सुरुमा सभापतिको मतगणना भइरहेको छ । सभापतिको गणना सकिएपछि अन्य पदाधिकारीको मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।

सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरूको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरूको मतगणना पार्टी कार्यालय सानेपामा हुनेछ । सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।