गाेरखामा काेराेना सङक्रमितकाे सँख्या ३६८ जना पुग्याे

-


     मनासलु     
     माघ ११ गते २०७८ मा प्रकाशित


गोरखामा काेराेना सङक्रमितकाे सङ्ख्या ३६८ जना पुगेकाे छ । सोमवार एकैदिन ७७ जना कोरोना संक्रमित थपिएका हुन ।  १३८ जनाको एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

गोरखा अस्पतालमा भएको परिक्षणमा १७ जना, पालुङटार नगरपालिकामा ३ जना, आरुघाट गाऊँपालिकामा ५ जना, धार्चे गाऊँपालिकामा ६ जना संक्रमित थपिएका हुन् । शहिद लखन गाऊँपालिकामा २ जना, भिमसेन थापा गाऊँपालिकामा ७ जना, वारपाक सुलिकोट गाऊँपालिकामा ८ जना, चमुनब्रीमा ५ जना तथा अजिरकोट र सिरानचोकमा १२/१२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा जिल्लाका २१ जना कोरोना संक्रमित निको भएका छन् । जिल्लाका ११ पालिकामध्ये सबैभन्दा धेरै गोरखा नगरपालिकामा १ शय ६७ जना सक्रिय संक्रमित रहेका छन् ।

पालुङटारमा ३२ जना, भिमसेन थापा गाऊँपालिकामा २८ जना, शहिद लखन गाऊँपालिकामा २४ जना र अजिरकोट गाऊँपालिकामा १३ जना सक्रिय संक्रमित रहेका छन् । गण्डकी गाऊँपालिकामा ३ जना, वारपाक सुलिकोटमा १० जना, सिरानचोकमा ३३ जना, आरुघाटमा ४० जना, धार्चेमा ११ जना र चुमनुब्री गाऊँपालिकामा ७ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख छ ।