
सन्तानेश्वर महादेव मन्दिर परिसरमा भजनकृतन गरि नाच्दै भजनमण्डली । तस्वीर राजेन्द्र न्याैपाने
गाेरखा । महाशिवरात्री पर्वकाे अवसर पारेर गाेरखाका शिव मन्दिरहरुमा भक्जनकाे भीड लागेकाे छ । जिल्लाकाे शहिदलखन गाउँपालिका वडा नम्बर ९ नामजुङ स्थित बुङकाेटघाट स्थित भीमविरेश्वर महादेव मन्दिर, बुङकाेट स्थित सन्तानेश्वर महादेव मन्दिर, गाेरखा नगरपालिका रानीवन स्थित शिव मन्दिरमा भक्तजनहरुकाे भीड लागेकाे हाे ।

भीमविरेश्वर र सन्तानेश्वर महादेव मन्दिर परिसरमा आयाेजित कार्यक्रममा शहिद लखन गाउँपालिका अध्यक्ष रमेश थापा मगरले सम्बाेधन गर्दै एेतिहासिक धार्मिक सम्पदाहरुकाे सँरक्षण र सम्वर्दनका लागि शहिदलखन गाउँपालिका सँधै उत्तरदायि हुने बताए ।

राष्ट्रलाइ वैदेशिक हस्तक्षपबाट अखण्ड राख्न भीमसेन थापाले गरेकाे सँघर्ष अविष्मरणीय रहने उनले बताए । भीमसेन थापा बारे भएका अनर्गल प्रचारकाे खण्डन गरी सत्य राजनैतिक इतिहास लेख्न , पुनर्जिवित गर्न, भीम विरेश्वर महादेव मन्दिर र सत्तललाइ अर्काे स्थानमा स्थापना गरी सँरक्षण गर्न सबै एक भएर लाग्नुपर्ने बेला आएकाे उनले बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारी, वडा अध्यक्ष राम प्रसाद लामिछाने, भीमविरेश्वर महादेव गुठी व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र थापा, समितिका सचिव टक दवाडी लगायतले सम्बाेधन गरेका थिए । कार्यक्रम समितिका काेषाध्यक्ष सुशासन श्रेष्ठले सञ्चालन गरेका थिए ।
यसैवीच बुङ्काेट वडा नम्बर ८ स्थित सन्तानेश्वर महादेव मन्दिर परिसरमा भएकाे कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष काशीनाथ अँगाइ, वडा नम्बर ७ का वडा अध्यक्ष शरण श्रेष्ठ, सन्तानेश्वर महादेव व्यवस्थापन समितिका अध्यक्ष उत्तरकुमार श्रेष्ठ लगायत स्थानीय भद्रभलाद्मी बुद्धिजिविले महाशिवरात्री पर्वका अवसरमा शिव मन्दिरकाे महत्वबारे आफ्ना भनाइहरु राखेका थिए ।
कार्यक्रममा स्थानीय आमा समूह, महिला समूह, भजन मण्डलीहरुले भजनकृतन र नाचगान समेत गरी पर्वलाइ हर्षाेल्लास पूर्वक मनाएका थिए ।




