
गोरखा । बुढीगण्डकी जलविद्युत् आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुर्नस्थापना इकाइको संयोजकमा जगतकुमार श्रेष्ठलाई नियुक्त भएका छन् ।
ऊर्जामन्त्रीस्तरीय निर्णयबाट गोरखाको भिमसेन थापा गाउँपालिका वडा नं ५ वगुवा स्थायी ठेगाना भएका श्रेष्ठलाई इकाईको संयोजकमा बढीमा २ वर्षका लागि नियुक्त गरिएको हाे । उनी खुला प्रतिष्पर्धाबाट छनाैट भएका हुन् ।
श्रेष्ठ इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतको पूर्वाधार विकास अध्ययन केन्द्रका निर्देशन तथा पुल्चोक क्याम्पस सिभिल इन्जिनियरिङ विभागका सह–प्राध्यापक हुन । उनले पोर्चुगलबाट सिभिल इन्जिनियरिङमा पीएचडी गरेका छन् ।
यसअघिका आयोजना इकाइ संयोजक कृष्णबहादुर कार्कीलाई सरकारले गत माघमा नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेपछि खाली रहेको इकाईको संयोजकमा श्रेष्ठलाई नियुक्त गरिएको हो ।






