
फागुन २५, काठमाडौं । गृह मन्त्रालयले रात्रिकालीन व्यवसायमा लगाएको समय सीमा हटाएको छ । मन्त्रालयले होटल, रेस्टुरेन्ट, डान्स-दोहोरी-क्लब, लाउन्ज बार लगायत सबै किसिमका रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
रात्रिकालीन व्यवसाय सञ्चालनबारे अध्ययन गरेर मापदण्ड बनाउन गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको नेतृत्वमा १४ सदस्यीय कार्यदल बनाएका थिए ।
कार्यदलको सिफारिस अनुसार रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन गर्न दिने निर्णय भएको मन्त्रालयका एक अधिकारीले मनासलु डटकमलाई बताए ।
यस अघि गृह मन्त्री बालकृष्ण खाँडले काम सकेर आउँदा अवेर हुने र खान बस्दा प्रहरी आएर लखेट्दा आधापेट नहुँदै उठ्नु पर्ने बाध्यता रहेकाे भन्दै दुखेसाे गर्दै आएका थिए । विकसित मुलुकमा रात्रिकालीन व्यवसायलाइ पूर्ण रुपमा खुला राख्ने गरिएकाे उदाहरण समेत मन्त्रीले दिँदै आएका थिए ।





