
गाेरखा । गाेरखाका काँग्रेस कार्यकर्ताहरु माओवादीसँगकाे चुनावी एकतामा खुशी देखिएका छन् । आफ्नाे पार्टी भन्दा धेरै मतदाता भएकाे पार्टीसँग चुनावी एकता गरी धेरै पालिका लिन पाउनु धेरै खुशीकाे कुरा भएकाे काँग्रेसका नेता गाेकुल भट्ट बताउँछन् । वडा अध्यक्षकाे टिकटका लागि पार्टी कार्यालय आएका उनी जस्ता धेरै कार्यकर्ताहरुकाे अनुहारमा चमक देखिएकाे छ । माओवादीका कार्यकर्ताहरुले इमान्दारीताका साथ मत दिने भएकाेले जीत निश्चित हुने काँग्रेस नेताहरुकाे बुझाइ छ ।
काँग्रेस र माओवादी वीच चुनावी तालमेल गर्नेबारेमा अहिले छलफल चलिरहेकाे छ । छलफलमा केन्द्रिय स्तरका नेताहरु सहभागि छन् । माओवादीले पाँचवटा पालिका सहित जिल्ला समन्वय समितिकाे सभापति दावी गरिरहेकाे छ । काँग्रेसले गाेरखा नगरपालिका बाहेक राेजेर अन्य पालिका लिन माओवादीलाइ सुझाव दिएकाे छ । बैठकमा सहभागि एक केन्द्रिय सदस्यका अनुसार बाहिर ल्याइएका केही विषयहरु सत्य भए पनि सबै सत्य हाेइनन् । बाहिर आएका विषय अधिकाँश काँग्रेसका सर्तहरु हुन् उनले भने ।




