
गाेरखा । शहिद लखन गाउँपालिकामा रहेका गाउँपालिका अध्यक्ष रमेश थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी वडा नम्बर २, ४,६ का वडा अध्यक्ष सहित १४ जना जनप्रतिनिधिहरुले आज आफ्नाे पदबाट राजिनामा दिएका छन् ।
सफलता पूर्वक आफ्नाे कार्यकाल सम्पन्न गरेका उनिहरुले पदबाट राजिनामा गरेका हुन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन बहादुर आलेले उनीहरुलाइ फूल माला लगाएर विदाइ गरेका छन् ।





