
शहिदलखन थापा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार रमेशबाबु थापा मगर
गाेरखा । “शहिद लखन गाउँ पालिकाकाे सम्वृद्धि भर्न, अधुरा बाँकि काम पुरा गर्न” शहिदखन गाउँपालिकाका पूर्व अध्यक्ष रमेशबाबु थापा मगरले स्थानीय तहमा वैशाख ३० गते हुने निर्वाचनका लागि मनाेनन दर्ता गराएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी(माओवादी-केन्द्र)शहिद लखन गाउँ पालिका अध्यक्ष समेत रहेका थापाकाे यस अघिकाे कार्याकाल नेपाल भरीकै अध्यक्षहरु मध्येकाे उत्कृष्ट रहेकाे तथ्याङ्कहरुले देखाएका छन् ।
नेपालका प्रथम शहीद लखनथापा मगरकाे नाममा रहेकाे यस गाउँपालिकाकाे बाँकी रहेका अधुरा कामहरु सम्पन्न गर्न समृद्ध शहीदलखन निर्माण गर्न आफूलाइ पार्टीले दिएकाे जिम्मेवारी अनुसार उम्मेदवारी दिएकाे उनले बताए ।
थापा मगरकाे पुन: मनाेनयनले गाउँपालिकाबासीहरुमा खुशीयाली छाएकाे छ । स्नतकाेत्तर तहसम्म अध्ययन गरेका थापा प्रष्ट वक्ता र सफल याेजनाका रुपमा स्थापित छन् ।

उपाध्यक्ष पदमा सफल महिला नेत्री इन्दिरा तिवारीले मनाेनयन गरेकी छन् । उनी यस अघि शहिदलखन गाउँपालिकामा उपाध्यक्ष भएर काम गरीसकेकी छन् ।





