
गाेरखा । गाेरखामा ११ जना जनप्रतिनिधिहरु निर्विराेध निर्वाचित भएका छन् । वडा नम्बर १ का चार जना सदस्यहरु वडा नम्बर २ का एक जना दलित महिला सदस्य, वडा नम्बर ५ का दलित महिला सदस्य र वडा नम्बर ६ का वडा अध्यक्ष सहितका जनप्रतनिधिहरु निर्विराेध भएका हुन् । उनीहरुका विरुद्धमा अर्काे उम्मेदवारी नपरेकाले निर्विराेध भएका हुन् ।
जसमा वडा नम्बर ६ का वडा अध्यक्ष सहित ८ जना माओवादी केन्द्र र ३ जना नेपाली काँग्रेस पार्टीका रहेका चुमनुब्री निर्वाचन कार्यालयले जनाएकाे छ ।





