गाेरखा नगरपालिका १ मा घर जलेर धनसम्पतीकाे नाेक्सान

-


     मनासलु     
     वैशाख १३ गते २०७९ मा प्रकाशित


गोरखा । विद्युतको तार सर्ट भएर आगोलागी हुँदा गोरखा नगरपालिका वडा नम्बर १ स्थित छापथाेककाे एक घरमा आगलागि भएको छ । मंगलबार साझ पख स्थानीय खोमल भट्टको घरमा आगालागी भएको स्थानीय घन प्रसाद भट्ट बताउँछन् ।

स्थानीयका अनुसार आगोलागीले घर आधाभन्दा बढि जलेको छ । यस्तै, घर भित्र राखेको लत्ताकपडा अन्न, गर(गहना , भाडाकुडा र केही नगद पनि जलेको पिडित बताउँछन् ।