शहीदलखन १ बक्राङ वडा अध्यक्षमा सन्जिप थापा मगर

-


     मनासलु     
     वैशाख १४ गते २०७९ मा प्रकाशित


शहीदलखन,गाेरखा । शहीदलखन १ बक्राङकाे वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट विद्यार्थी नेता सन्जिप थापा मगरले उम्मेदवारी दिएका छन् । लामाे समयदेखि जिल्लामा रहेर राजनीति गर्दै आएका मगरले नेपाली विषयमा स्नातकाेत्तर तह उतीर्ण गरेका छन् । बक्राङका बासिन्दाहरुले युवा उमेरकाे उम्मेदवार खाेजेका कारण आफूहरुले जनताकाे हितका लागि युवालाइ मनाेनयन गरेकाे पार्टीका इन्चार्ज काजी गुरुङले बताए ।

बक्राङमा मा‌ओवादीकाे किल्ला भएकाे कारण जित्ने कुरामा समस्या छैन । अन्य पार्टीकाे सबै मत जाेड्दा माओवादीकाे त्यसकाे दुइगुणा भन्दा धेरै ल्याएर विजयी हुनुपर्ने उनले बताए । युवा उम्मेदवारहरु भएकाे ठाउँमा नागरिकहरुले राम्राे सेवा भएकाे हामीले पायाैँ त्यसैले परिपक्क  युवाहरुलाइ अघि सारेका छाैँ ।

सदस्यहरुमा मान बहादुर आले गाल्धुकबाट रहेका छन् । आनन्द थापा मगर कुसुण्डेबाट रहेका छन् । दलित महिला तर्फ सन्दिपा परियार भाेगटेनी क्षेत्रबाट र महिला सदस्यमा विलमाया गुरुङ ठूलाे दिप्लिङ क्षेत्रबाट रहेकी छन् ।

सामाजिक सेवामा सक्रिय रहेका सक्षम नेतृत्व पार्टीले छनाैट गरेकाे वडा अध्यक्ष भीम बहादुर आलेले बताए । हामीले सिकाउँदै अगाडि बढाउने हाे, अवकाे नेतृत्व युवाहरुले नै गर्नुपर्छ भनेर नै पार्टीले इमान्दार र कर्तव्य निष्ठ कार्यकर्ताहरुलाइ अघि बढाएकाे उनले बताए ।

माओवादीलाइ बक्राङमा अत्यधिक मत दिएर जिताउन समेत उनले आग्रह गरेका छन् । बाटाे विराएर घर छाडेका सबै मतदाताहरुलाइ आफ्नै घर फर्केर मतदान गर्न उनले आह्वान गरेका छन् ।