भिरबाट खसेको ढुङ्गाले टाउकोमा लाग्दा एक पुरुषको मृत्यु

-


     मनासलु     
     वैशाख १५ गते २०७९ मा प्रकाशित


गाेरखा । जिल्लाकाे धार्चे गाउँपालिका वडा नं ५ माछाखोलामा ग्यावीन जालीमा ढुँङ्गा भर्ने क्रममा   माथिबाट आएकाे ढूङ्गाले लाग्दा ३५ वर्षिय जीत बहादुर गुरुङकाे मृत्यु भएकाे छ ।

टाउकोमा चोट लागेका उनलाई  उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौको टिचिङ हस्पिटल पुर्याएकाे र उनकाे उपचारका क्रममा मृत्यु भएकाे गाेरखा प्रहरीले जानकारी दिएकाे छ ।