गण्डकी गाउँपालिकामा माओवादी केन्द्र र जसपा वीच तालमेल

-


     मनासलु     
     वैशाख १६ गते २०७९ मा प्रकाशित


बैशाख, १६ गाेरखा  । जिल्लाको गण्डकी गाउँपालिकामा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बीच चुनावी तालमेल भएको छ ।

दुई दलविच पलिका केन्द्रको अध्यक्ष र उपाध्यक्षमा तालमेल भएको हो । पालिका अध्यक्षमा माओवादी केन्द्रबाट दिपक तिमिल्सिना `साकार´ र उपाध्यक्षमा जसपाबाट भिम प्रसाद श्रेष्ठ चुनावीमा एकसाथ जाने सहमति बनेको हो ।

पालिका केन्द्रमा मिलेर जाने दुई दलबीच आन्तरिक लिखित सहमति भइसकेको छ। सहमति अनुसार उम्मेदवारी दर्ता गराएका माओवादी र जसपाका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

माओवादीबाट उपाध्यक्षका उम्मेदवार पार्वती गुरुङ र जसपाका अध्यक्षका सनमाया आलेले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

`गण्डकी गाउँपालिकामा माओवादी र जसपाविच पालिका केन्द्रमा तालमेल गर्ने सहमति भयो´ जसपा गण्डकीका नेता कुमार तिवारीले जानकारी दिए । `अब हामी सहमति कार्यान्वयन गरेर हामी सयुक्त रुपमा चुनावमा होमिन्छौ´, उनले भने ।

गण्डकी गाउँपालिका अध्यक्ष माओवादी र उपाध्यक्ष जसपालाई दिनेगरी सहमति भएको माओवादी केन्द्र गण्डकी गाउँपलिकाका अध्यक्ष सिताराम रसाइलीले जानकारी दिए ।

माओवादी केन्द्रका उम्मेदवार  दिपकराज तिमिल्सिना जनयुद्धकालदेखिका नेता र यस अघि पनि पालिका अध्यक्ष पदका उम्मेदवार थिए । जसपाका लागि उपाध्यक्ष पदका उम्मेदवार भीम प्रसाद श्रेष्ठ विकास प्रेमी युवा हुन् ।