बारपाकमा भुकम्प स्मृति पार्क बनाउन प्रयाेग भएकाे जग्गा सरकारले सट्टा भर्ना दिने

-


     मनासलु     
     श्रावण १० गते २०७९ मा प्रकाशित


बारपाक गाउँ

गाेरखा । बारपाकमा भुकम्प स्मृति पार्क बनाउन प्रयाेग भएकाे जग्गाकाे सरकारले सट्टा भर्ना दिने भएकाे छ ।  सोमवार बसेको मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भुकम्प स्मृति पार्क निर्माणका लागि जग्गा दिने निर्णय भएको बताए ।

मन्त्रिपरिषदले गरेका  १३ वटा निर्णय मध्ये १० नम्बर निर्णयमा साविक बारपाक ५ स्थित १५ जना जग्गा धनीको नाममा रहेको छ रोपनी १० आना तीन पैसा जग्गा नेपाल सरकारले भुकम्प स्मृति पार्क निर्माण गर्नका लागि प्राप्त गर्ने साथै भुकम्प स्मृति पार्कको नाममा प्राप्त हुने जग्गामा नबढ्ने गरी सट्टाभर्ना दिनका लागि सहमति प्रदान गर्ने निर्णय भएको सञ्चारमन्त्री कार्कीले बताए ।