
गाेरखा । राेटरी क्लव अफ गाेरखाले गाेरखा नगरपालिकालाइ तीन थान ह्विलचियर प्रदान गरेकाे छ ।
क्लवका अध्यक्ष कृष्ण ढकालले नगरपालिका परिसरमा आयाेजित कार्यक्रममा नगरप्रमुख कृष्ण रानालाइ ह्विल चियर प्रदान गरेका हुन् । नगरपालिकाले आवश्यक परेकाे स्थानमा ह्विलचियर प्रयाेग गर्न सक्ने ढकाले बताए । नगर प्रमुख रानाले क्लवले गरेकाे सहयाेग प्रति नगरपालिका आभारी रहेकाे बताए । पैसा भएपनि चाहिकाे समयमा ह्विल चियर प्राप्त गर्न कठिन हुने गर्दछ । प्राप्त ह्विल चियरलाइ आवश्यकताकाे आधारमा नगरभित्र प्रयाेग गरिने रानाले बताए ।
कार्यक्रममा नगर उप प्रमुख मसलीमाया थाेकर, प्रमुख प्रशासकीय अधिकृत ज्ञाननाथ ढकाल लगायतकाे सहभागिता रहेकाे थियाे ।




