गोरखामा ब्रेक फेल भएर टाटासुमो दुर्घटना : २ जना घाइते

-


     मनासलु     
     असाेज २१ गते २०७९ मा प्रकाशित


असाेज, २१ गाेरखा । गोरखामा ब्रेक फेल भएर जीप दुर्घटनामा हुदा २ जना घाइते भएका छन् । शहिद लखन गाउँपालिकाबाट गएको ग १ ज ८७१३ नम्बरको टाटासुमो बिहान सदरमुकाम स्थित हरमटारी चोक नजिक ब्रेक भएर दुर्घटनामा भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

दुर्घटनामा दुई जना घाइते भएका छन् । टाटासुमो ब्रेकफेल भएर सडक किनारा हिडिरहेका दुई जनालाई ठक्कर दिएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।