
असोज २२, गोरखा । गोरखामा एउटै रुखको हाँगामा झुडिएको अवस्थामा एकै परिवारका ३ जनाको शव फेला परेको छ ।
भिमसेनथापा गाऊँपालिका वडा नम्वर ६ अश्राङको मोहरिया टोलका ३४ वर्षका हेमबहादुर राना र उनका दुई छोराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
घर नजिकैको काप्रोको रुखको एउटै हाँगोमा झुण्डिएको अवस्थामा हेमबहादुर र उनका दुई छोराहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख केदार खनालले बताए ।
रुखको हाँगोको एकातिर ७ वर्षका जुम्ल्याहा छोरा र अर्कोतिर हेमबहादुर झुण्डिएको उहाँको भनाई छ । बाबुले छोराहरुलाई झुण्ड्याएपछि आफूले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।
हेमबहादुरले गत साउनमा श्रीमतिले अर्कैसँगकाे गर्भधारण गरेपछि सम्बन्धबिच्छेद गरेका थिए । तीनवटै शव पोष्टमार्टमका लागि गोरखा अस्पतालमा ल्याइएको छ । जुम्ल्याहा दुइ बालकलाइ हजुर आमाले पालनपाेषण गरी हुर्काएकी स्थानीयले जानकारी दिएका छन् ।





