
गाेरखा । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राजनैतिक पार्टीले खुवाएकाे मिठाे भाेज छिसाे खाेरमा जाने बाटाे भएकाे बताएका छन् । कुनै पनि पार्टीकाे भाेज खाएर मतदान गर्नु ठूलाे अपराध भएकाेले त्यस्तालाइ नछाडिने उनले बताए ।
आज काठमाण्डाैमा आयाेजित पत्रकार प्रशिक्षण कार्यक्रमलाइ सम्बाेधन गर्दै थपलियाले दलहरु इमान्दार भएका कारणले निर्वाचनमा तडकभडक कम भएकाे बताए । असल उम्मेदवार राेज्नका लागि निर्वाचन गराइएकाे हाे भाेज खुवाउन र पर्चा पम्प्लेटिङका लागि हाेइन उनले भने ।





