
गाेरखा । मनकामना मन्दिरमा परेवा उडाउन नपाइने भएकाे छ । मन्दिरमा भाकल राखि परेवा उडाउने प्रचलन रहँदै आएकाे छ । मन्दिरमा चढाएका परेवालाइ चाराेकाे अभाव र चाराे पाएपनीहरुले गर्ने फाेहाेरका कारण मन्दिरमा परेवा चढाउन राेक लगाइएकाे हाे ।
परेवाका लागि बस्ने ठाउँ समेत छैन । परेवा कारण मन्दिरमा फाेहाेर समेत बढेकाले परेवा चढाउन मनकामना क्षेत्र विकास सिमितले राेक लगाएकाे हाे ।
चढाइएका परेवा अत्याधिक मर्ने र व्यवस्थापन गर्न नसक्दा परेवा चढाउने कार्यक्रम नै बन्द गरिएको मनकामना क्षेत्र विकास समितिले जनाएको छ ।





