
गाेरखा । गोरखामा रुखबाट लडेर १ जना पुरुषको निधन भएको छ । अजिरकोट गाउँपालिका–३ काफलडाडाँका ४२ बर्षिय राजेन्द्र अधिकारीको रुखबाट लडदा निधन भएकाे हो ।
साता दिन अगाडी रुखमा चढ्ने क्रममा अधिकारी रुखबाट लडेदा टाउकोमा गंभिर चोट लागेको थियो । वडा नम्बर ५ को फाल्पुमा भएको उक्त घटना पछि गंभिर घाईते भएका अधिकारीको राजधानीको ट्रमा सेन्टरमा उपचारको क्रममा निधन भएको वडाध्यक्ष बावुराम अधिकरीले जानकारी दिए ।
अधिकारीलाई गाउँपालिकाको आर्थिक सहयोगमा हेलिकप्टर मार्फत राजधानीको ट्रमा सेन्टर लगेको थियो । अधिकारीको निधन पछि उनी सम्बद्व पार्टी नेकपा माओवादी केन्द्रले श्रद्वाजली सभा गरेर अधिकारीको अन्त्यष्टी गरेको थियो ।




