
गोरखा । प्रहरीले बरामद् गरी जिल्ला प्रहरी कार्यालय गोरखामा सुरक्षाका साथ राखिएको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ गोरखा दरबार क्षाेत्रमा राख्ने मन्त्रीपरिषदले निर्णय गरेकाे छ ।
क्रिष्टललाइ गाेरखाबाट बाहिर नलैजान भन्दै गाेरखा नगरपालिका मेयर कृष्ण राना मगरकाे नेतृत्वमा टाेली प्रधानमन्त्री भेटन काठमाण्डाै पुगेकाे थियाे ।

जिल्लाका जनप्रतिनिधि, राजनीतिकदलका प्रतिनिधि तथा बिभिन्न संघसंस्थाका प्रतिनिधि सहितको टोली प्रधानमन्त्री निवास बालुवाटार पुगेर नगरप्रमुख कृष्णबहादुर रानामगरले प्रधानमन्त्री दाहाललाई टल्कने ढुङगा गोरखा दरबारमा नै राख्नका लागि आबश्यक पहल गरिदिन माग गरेका थिए ।
‘गोरखा नगरपालिका–७, सतिपिपल स्थित चन्द्रबहादुर शाहीको घरबाट गएको असार १४ गते बरामद गरिएको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ भएको खानी तथा भूगर्भ विभागले पुष्टी गरिसकेको छ ।
गोरखा जिल्लाका आमनागरिक समाज, बुद्धिजीवि, संघसंस्था, राजनैतिक दल तथा सरोकारवाला सवैको मागलाई मध्यनजर गरी जनभावना अनुसार क्वार्ज क्रिष्टल (अलौकिक शिला) धार्मिक आस्थासंग पनि जोडिएको हुँदा गोरखकाली मन्दिर परिसरमा राख्नका लागि आवश्यक सहयोगका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र मार्फत अनुरोध गरेका थिए ।
मङ्गलबारकाे मन्त्री परिषदकाे निर्णयले क्वार्ज क्रिष्टल गाेरखामा राख्ने र क्रिष्टल सुरक्षित गरेर राख्ने शाहीकाे परिवारलाइ सम्मान गर्ने निर्णय गरेका हाे ।




