
गाेरखा निर्वाचन क्षेत्र नम्बर १ का साँसद राजेन्द्र बजगाइ निर्वाचन क्षेत्रका जनताहरुसँगकाे भेटघाटमा व्यस्त रहेका छन् ।
तिहार सकिए लगतै बजगाइ गण्डकी गाउँपालिका र आरुघाट गाउँपालिका भित्रका विभिन्न वडामा पुगेर नागरिकहरुसँग भेटघाट गरेका हुन् ।
गएकाे वर्ष निर्वाचनमा विजयी भएका बजगाइले भेटघाटका क्रममा आवश्यक देखिएका दैनिक जीवनसँग जाेडिने सामग्रीहरु चिनाेकाे रुपमा दिने गरेका छन् ।
साँसदले पाउने सेवा सुविधा उनले सामाजिक काममा खर्च गर्दै आएका छन् । दुखमा परेका नागरिकरुकाे उद्धारमा निक्कै चासाेका साथ साँसद बजगाइले काम गर्दै आएका छन् ।




