
तनहुँ । जिल्लाकाे आँवुखैरेनी गाउँपालिकाकाे शैक्षिक सुधारका लागि पालिका भरीका शिक्षकहरुकाे भेलाले आज विषयगत समिति गठन गरेकाे छ ।
नेपाली, अँग्रेजी, गणित, विज्ञान र सामाजिक विषयकाे विषयगत समिति गठन गरिएकाे आँवुखैरेनी गाउँपालिका शिक्षा शाखा प्रमुख निर्मला कुँवरले बताइन ।
प्रत्येक विषयकाे ७ जनाका दरले समिति गठन गरी सँयाेजक र सहसँयाेजक गठन भएकाे हाे । नेपाली विषयकाे सँयाेजकमा प्रकाश आचार्य, गणितमा हरी प्रसाद मिश्र, अँग्रेजीमा प्रकाश ढकाल, विज्ञानमा ध्रव अधिकारी र सामाजिक विषयमा विरेन्द्र भट्ट रहेका छन् । पालिका भित्र रहेका सामुदायिक र सँस्थागत विद्यालयका शिक्षकहरुकाे भेलाले विषयगत समस्याहरु समाधान गर्ने उदेश्यले समिति गठन भएकाे कार्यक्रममा सहभागि शिक्षक काशीनाथ देवकाेटाले बताए ।
समितिले विदाकाे समयमा शिक्षकहरुलाइ तालिम प्रदान गर्ने र शिक्षाकाे सुधारमा सघाउ पुर्याउने दावि गरिएकाे छ । रामशाह मावि आँवुखैरेनीमा आज भएकाे भेलाले आँवुखैरेनी गाउँपालिका शिक्षा शाखा प्रमुख निर्मला कुँवरकाे अध्यक्षतामा पालिका स्तरीय ११ सदस्यी शिक्षा सुधार समिति समेत गठन गरेकाे छ ।




