लैङ्गिक हिँसा विरुद्धकाे १६ दिने अभियान आजबाट सुरु

-


     मनासलु     
     मंसिर ९ गते २०८० मा प्रकाशित


गाेरखा । लैङ्गिक हिँसा विरुद्धकाे १६ दिने अभियान आजबाट सुर भएकाे छ । नाेवेम्बर २५ देखि डिसेम्बर १० सम्म याे अभियान सञ्चालन गर्ने गरीन्छ । अभियान सुरुवातकाे दिन पारेर आजदेखि गाेरखाका पालिकाहरुले विभिन्न कार्यक्रम सम्पन्न गरेका छन ।

शहिलखन गाउँपालिका वडा नम्बर ५ काे भवनमा भएकाे कार्यक्रममा समाजमा कसरी हिँसा भइरहेकाे छ त्यसलाइ राेक्न के गर्नुपर्छ भनि श्रव्यदृश्य सहित कार्यक्रम भएकाे थियाे ।

गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बक्ताहरुले  शहिदलखनमा लैङ्गिक हिँसा शुन्यमा झार्नुपर्ने बताएका थिए । कार्यक्रममा शहिदलखन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगर वडा अध्यक्ष चन्द्र बहादुर मगर, कार्यपालिका सदस्य कृष्ण बहादुर प्रजा, लुना थापा, पत्रकार राजेन्द्र न्याैपाने लगायतले मन्तव्य राखेका थिए ।

गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीकाे अध्यक्षतामा भएकाे कार्यक्रम प्रशासकीय अधिकृत पूर्ण बहादुर गहतराजले सञ्चालन गरेका थिए ।