
अभिसेक तामाङ
गाेरखा । पालुङटार नगरपालिकाकाे सहकार्य र समन्वयमा सहमति गैंडाकोट र लुथरन वर्ल्ड रिलिफको साझेदारीमा गोरखा जिल्लामा संचालित विपद उत्थानशिल युवा तथा महिला उध्ध्यमी परियोजनाले १६ देखि ४० वर्ष उमेर समुहका सिलाइकटाई मेसिन हस्तान्तरण गरेकाे छ ।
आधारभुत तालिम लिएर बसेका २१ जना महिलाहरूलाई स्तर उन्नतिका लागि ६५ दिने व्य्वसायिक सिलाइ कटाई एडभान्स तालिम यस अघि नै दिएकाे थियाे ।
तालिम लिएर व्यवसाय स्थापना, विस्तार र अपग्रेडका लागी तीन लाख बराबरको वस्तुगत सामाग्री एक समारोहका बिच हस्तान्तरण गरिएको हो भने उध्धमी हरुले गरेको प्रगति सिकाइ समिक्षा पनि गरिएको थियाे ।
यस अघि सीप स्तरउन्नति का लागि ६५ दिनको तालिममा सहभागि २१ जनाका लागि २५ हजारका दरले पाँच लाख २५ हजार र वस्तुगत सामग्री गरी ८ लाख २५ हजार रुपैयाँ बराबरकाे सामग्री प्रदान गरिएकाे थियाे ।
उद्दमी वीच राखिएको सिकाइआदान प्रदान अन्तर्क्रिया तथा मेशिन हस्तान्तरण कार्यक्रम पालुङटार नगरपालिका -७ का वडा अध्यक्ष अर्जुन बहादुर कुमाल को अध्यक्षता, पालुङटार नगरपालिका नगर प्रमुख विवस चिन्तन को प्रमुख आतिथ्यता नगर उपप्रमुख वन्दना पाण्डेको विशिष्ट आतिथ्यता नगर कार्यपालिका सदस्य पम्फा सुनार वडा सदस्यहरु तथा उद्दमी महिलाहरुको उपस्थितिमा सम्पन्न भएको छ थियाे ।
परियोजनाले २१ मध्ये वार्षिक रूपमा व्यवशाय बिस्तार गरी अरुलाइ नि रोजगार दिने र राम्रो आम्दानी लिने गरि काम गर्ने महिलाहरूलाई अझै थप हौसलाको लागी पुरस्कार प्रदान गर्ने र सबैलाई निय्मित रूपमा प्राबिधिक सहयोग, वित्तिय ऋण सेवा प्राप्तिमा निरन्तर सहजीकरण गर्ने परियाेजनाका सँयाेजक शिव सुवेदीले बताए ।
परियोजनाले कृषि तथा गैर कृषिजन्य व्यवसायमा गोरखा जिल्लाको सहिद्लखन गाउँपालिका र पालुङटार नगरपालिकामा परियोजना अवधिमा १६ देखि ४० वर्ष उमेर समुहका २०० जना युवा तथा महिला हरुलाइ प्राविधिक सिप विकास गराइ व्यवसाय स्थापनामा सहयोग गरि स्वरोजगार बनाउने उद्देश्य राखेको छ ।
महिला उध्धमीहरुले आफ्ना भनाइ राख्दै सीप स्तरउन्नति तालिमपछि आफुहरुले आफ्नै व्यवशाय स्थापना गरेको र पुरुषहरुको लागी लगाउने कपड़ा, स्कुल द्रेस, महिलाहरुले लगाउने कुर्था सल्वार लगाएत सिलाउन सक्ष्यम बनेको र मासिक आम्दानी कम्तिमा १५ देखि २० हजार सम्म लिन सफल भएको बताएका थिए ।
तालिम प्राप्त २१ जना महिलाहरुको सहभगितामा महिलाहरुले “दिदिबहिनी उध्ध्यमी समूह” स्थापना गरेका छन भने विधान बनाइ पालिकामा दर्ता प्रक्रियामा अगाडी बढेको अध्यक्ष भगवती कुमालकाे भनाइ छ, गाउँ मा युवाहरू नदेख्दा कहिलेकाही त दिक्क लाग्ने गरेको तसर्थ हामी महिलाहरुले आफ्ना दाजुभाइ श्रीमानलाइ साथमा राख्नकै लागि भए नि पैसा कमाउने काममा लागेर स्वरोज्गार हुन एक्दम जरुरी रहेको उनकाे भनाइ थियाे । 
महिला उध्धमी मनासु महतोले सिलाइ कटाईको आधारभूत तालिम लिएर बसेका हामीहरु लाई सीप अभिवृद्धिका लागि पाएको तालिमले महिलाहरूको व्यवसायिक सीप बढेकोले हरेकले आफ्नै व्यवसाय सुरु गरेको र आम्दानी लिन थालेकाे बताउँदै आफ्नै कमाइले गर्दा गौरबको अनुभुति भएको र हिम्मत बढेकाे उनकाे भनाइ छ । श्रीमानलाइ साथमा राख्नकै लागि भए नि पैसा कमाउने काममा लागेर स्वरोजगार हुन एक्दम जरुरी रहेको उनले दाेहाेर्याइन ।
कार्यक्रममा बोल्दै नगरप्रमुख, विवस चिन्तनले परियोजनाबाट गरिएको काम प्रतिफल पुर्ण रहेको र महिला उध्ध्यमीहरुलाई निरन्तरताका लागि आवधिक रूपमा प्राविधिक सहयोग जरुरी हुने हुँदा सो तर्फ नागरपालिकाबाट समेत प्रोत्साहन गरिने बताए । युवाहरुलाइ आफ्नै नगरपालिका, आफ्नै देशमा व्यवशायिक बनाउन तथा स्वरोज्गार बनाउन पालुङतार नगरपालिकाले सक्दो प्रयास गरिरहेको र सो अभियानमा हामी सबै एकजुट भएर लाग्न आग्रह गरे , साथै लेभल २ को तालिमका लागि नगरपालिकाले CTEVT संग समन्वय गरिने तथा सिप्मुलक कार्यक्रमका लागि आवश्य्क बजेट व्यवस्थापन गरिने बताए ।
उपप्रमुख बन्दना पाण्डेले महिलाहरुलाई आत्मनिर्भर बनाउन परियोजनाले सकारात्मक भुमिका खेलेको हुनाले सीप सिकेका दिदिबहिनिहरुले आफ्नो आम्दानी बढने गरि व्यवसाय बिस्तार गर्दै अरु दिदिबहिनीलाई समेत रोजगारी सृजना हुने गरी अघि बढन आग्रह गरे, नगरपालिकाले महिलालाई व्यवसायिक बनाउन बजेट, कार्यक्रम केके गर्नुपर्छ त्याे गर्न तयार रहेको उनकाे भनाइ छ ।
पालुङतार नगरपालिका वडा न 7 का अध्यक्ष अर्जुन बहादुर कुमालले युवाहरूलाई स्वरोज्गार बनाउन वदा कार्यलय सक्दो प्रयास गरिरहेकोले सरोकारवलाहरुको थप सहकार्यको जरुरी रहेको बताए ।
सहमति गैँडाकाेट र लुथरन वर्ल्ड रिलिफ को साझेदारी तथा पालुङटार नगरपालिकासँगकाे सहकार्यमा कार्यक्रम भएकाे परियाेजना सँयाेजक शिव सुवेदीले बताए ।






