
अभिषेक तामाङ, गाेरखा । सहिद सप्ताहको अबसरमा अखिल (क्रान्तीकारी) गोरखा र वाइसियल नेपाल गोरखाको सयुक्त आयोजनामा गणतन्त्र प्राप्तिमा शहिदहरुको भुमिका बिषयक वक्तृत्वकला प्रतियाेगितामा आकृति उपरकाेटी प्रथम भएकी छन् ।
महालक्ष्मी मावि लक्ष्मी बजार की विद्यार्थी आकृति प्रथम भएर नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् । द ओल्ड क्यापिटल बाेर्डिङ स्कुलका प्रसिद्ध अर्यालले दाेस्राे स्थान हासिल गरी १० हजार नगद पुरस्कार पाएका छन् ।
सरस्वती मावि आहालेकी प्रसन्न घिमिरे तृतीय भइ पाँच हजार नगद र नवज्याेति मावि डण्डीडाँडाकी आयुष्मा रायमाझी सान्तवना भइ दुइ हजार पाँचसय रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेकी छन् ।
२०५२ सालबाट नेपाली नागरिकहरुले सुरुवात गरेकाे जनयुद्धका कारण अहिलेका परिवर्तन र उपल्ब्धीहरु प्राप्त भएकाे थियाे । विद्यार्थीहरुले गणतन्त्र प्राप्तिका लागि जीवन बलिदान गरेका शहिदहरुकाे बारेमा चर्चा गरेका थिए । कार्यक्रममा विभिन्न विद्यालयका १३ जना विद्यार्थीहरुले प्रतिष्पर्धामा भाग लिएका थिए ।
वाइसियल नेपाल गाेरखा जिल्ला अध्यक्ष एवँ युवा नेता सागर श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्र गाेरखा जिल्ला इञ्चार्ज अमर तमुकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । प्रमुख अतिथि तमुले शहिदलहरुकाे बलिदानबाट गणतन्त्र स्थापना भएकाेले यसलाइ युवा विद्यार्थीहरुले अरुलाइ समेत पढाउनुपर्ने बताए ।
गाेरखा क्याम्पसकाे सभाहलमा भएकाे कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवँ गाेरखा जेल ब्रेक गर्ने साहसी महिला कमला नहर्की, पूर्व मन्त्री एवँ माओवादी केन्द्रका केन्द्रीय सदस्य लेख बहादुर थापा मगर, माओवादी नेताहरु धना तमु, अकुर प्रसाद तिमिल्सिना, शाेभादेवी लामिछाने लगायतकाे सहभागिता रहेकाे थियाे ।




