
गाेरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अहिलेकाे यहि अवस्था आए गण्डकी प्रदेशमा मध्यावधि निर्वाचन हुने बताएका छन् । शुक्रवार गोरखा उद्योग वाणिज्य संघको स्वर्ण जयन्ती कार्यक्रममा बोल्दै सरकार बनाउन बहुमत जुटाउन नसके मध्यावधि निर्वाचन गर्नुकाे विकल्प नभएकाे उनकाे भनाइ छ ।
गठबन्धन सरकारलाइ पाँच वर्ष टिकाउने प्रचण्डकाे भनाइ पूरा नभएकाे उनकाे भनाइ थियाे । मलाइ मुख्यमन्त्री बनाउँछु भन्नुभएकाे थियाे उहाँले बनाउनु पनि भयाे तर यात्रा विचमै टुटेकाे उनले बताए ।
देशको नेतृत्व गर्ने मान्छे नै अस्थिरताको कारण हुन थालेपछि मुलुकको अवस्था के होला भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । अहिले संघमा बनेको गठवन्धन अघि बढे गण्डकी प्रदेशमा कुनै पनि पार्टीको सरकार बन्न नसक्ने उनले दावी गरे । फ्रेस म्यान्डेड लिनु भन्दा यसको निकास खोज्न राजनीतिक दलहरुलाई आफूले आग्रह समेत गर्दै आएको उनले जानकारी दिए ।
जिल्लाको गोरखा उद्योग बाणिज्य संघको स्वर्ण जयन्ती २०८० को उदघाट्न गर्दै मुख्यमन्त्री पाण्डेले देशमा वेराेजगार बढेर देश वृद्धाश्रम जस्ताे हुन थालेकाे बताए ।
संघका संस्थापक अध्यक्ष स्व.चुडानारायण किशुनबावु श्रेष्ठको अर्ध कधको शालिक अनावरण गर्दै मुख्यमन्त्री पाण्डेले आफु सत्तामा रहदासम्म उद्योगी ब्यवसायीसंग सहकार्य र सहयोग गर्दै जाने ।तर आफुले गण्डकी प्रदेशको सत्ता सम्हालेदेखि हालसम्म पनि कुनै पनि उद्योगी ब्यवसायी आजसम्म सहयोग माग्न नआएको उनकाे भनाइ छ ।
उद्याेगीहरुका लागि भनेर १ अर्ब रुपैयाँ छुट्टाएर राखेका छौँ तर तआजसम्म पनि कुनैपनि उद्योगी ब्यवसायीले त्यो रकम यस्तो ठाउँमा प्रयोग गरौ भनेर भन्न आएको छैन’ भने । उनले कानूनी अडचन भए कानून नै आफैले बनाएर सरकार संग सहयोग माग्न आउन भन्दै अब नयाँ सिराबाट अगाडी बढ्नुपर्ने बताए ।
संघका अध्यक्ष कृण्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य किरणबावु श्रेष्ठ, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष हेमराज ढकाल, नेपाली काँग्रेसका प्रदेश साँसद नन्दप्रसाद न्यौपाने तथा गोरखा नगरपालिका मेयर कृष्ण बहादुर राना मगरले कार्यक्रममा शुभकामना व्यक्त गरेका थिए ।






