बैशाख ९, गोरखा । जिल्लाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ सामागाउँ स्थित विरेन्द्रतालमा आज विहाने आएको हिमपहिरो पछि तालमा पानीको मात्रा बढ्न जाँदा बुढीगण्डकी नदिमा पानीको मात्रा केही बढेकाले नदि किनारा क्षेत्रमा काम गरिरहेकाहरुलाई सतर्कता अपनाउन चुमनुब्री गाउँपालिकाले आग्रह गरेको छ ।
गण्डकी नदिमा साविकको भन्दा धेरै पानी देखिएकाले सतर्कता अपनाउन सूचना जारी गरिएको चुमनुब्री गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिए ।
सानाठूला हिम पहिरो दैनिक आइराख्ने भएपनि आजको हिम पहिरोले काठेपुल समेत वगाएपछि जिल्ला प्रशासन कार्यलयबाट समेत सबैतिर सूचना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए ।






