चुमनुब्रीमा मे ९ मा मनास्लु महोत्सव आयोजना हुने

आइतवार, बैशाख ९, २०८१

गोरखा ९ बैशाख । मनास्लु हिमाल आरोहणको समय अर्थात मे ९ को अवसर पारेर चुमनुब्रीमा मनास्लु महोत्सव गर्ने गाउँपालिकाले निणर्य गरेको छ । चुमनुब्री गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले विहीको सेराङमा कार्यपालिका बैठक बसेर महोत्सव गर्ने निणर्य गरिएको चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले बताए ।

मे ९, १९५६ मा जापानिज नागरिक Toshio Imanishi र
Gyaltsen Norbu Sherpa  ले मनास्लु हिमालको सफल आरोहण गरेका थिए ।

वडा नम्बर ४ स्थित सेराङमामा नुब्री उपत्यकालाई अहिँसा क्षेत्र घोषणा गर्न १० दिन सम्म धार्मिक कार्यक्रम गरिएको थियो । सोही कार्यक्रमका समय कार्यपालिका बैठक बसेर मनास्लु महोत्सव गर्ने निणर्य गरिएको लामाले जानकारी दिए ।
यसअघि जिल्लाको चुम उपत्यका विगत १०० वर्षदेखि अहिँसा (स्याग्या) क्षेत्रको रुपमा रहँदै आएको थियो ।

गएको वर्ष मात्रै छेकम्पार स्थित राजेन गुम्बामा कार्यक्रम गरेर अहिँसा क्षेत्र घोषणा भएको शताब्दी वर्ष मनाएको थियो ।