पिनाकल हस्पिटालीटी एकेडमीले सदरमुकाममा आज जानकारीमूलक कार्यक्रम गर्ने

-


     मनासलु     
     भाद्र ६ गते २०८१ मा प्रकाशित


गोरखा । गोरखाको विभिन्न बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई आज होटल सम्वन्धी जानकारी दिने गरी कार्यक्रम आयोजना गरीएको छ । पिनाकल हस्पिटालीटी एकेडमीले सदरमुकाममा कार्यक्रमको आयोजना गरेको गोरखा शाखा प्रमुख प्रजुन मास्केले जानकारी दिए ।

मास्केका अनुसार सदरमुकाम वरपर रहेका विद्यालयमा अध्ययनरत ११ र १२ का बिद्यार्थीहरुलाई बिहीबार १ दिने जानकारी मुलक कार्यक्रमको आयोजना गरीएको हो । उक्त कार्यक्रममा शक्ति, ओल्ड क्यापिटल र द्रब्य शाह बहुमुखी क्याम्पसमा अध्ययनरत करिब १५० जना बिद्यार्थीहरु सहभागी हुने अनुमान गरिएको छ ।

होटल सम्वन्धी तालिम लिदा स्वदेश तथा विदेशमा गएर पाउने रोजगारी तथा त्यसले हुने फाइदाका बारेमा पिनाकलले विद्यार्थीहरुलाई जानकारी दिन लागेको हो । मास्केका अनुसार होटल सम्वन्धी कुक, वयटर, वयट्रेस तथा हाउकिपिङ र किचन हेल्पर तालिम लिदा हुने फाइदाका बारेमा कार्यक्रममा जानकारी दिईने छ ।

सोही कार्यक्रममा जापानी खाना सुसीका सेफ समेत राजाधानीबाट गोरखा आएको शाखा प्रमुख मास्केले जानकारी दिए । सेफले आज जापानी खानाको विभिन्न परिकारहरु बनाएर डेमो देखाउने कार्यक्रम समेत रहेको छ । पिनाकलले देशको विभिन्न स्थानमा बिद्यार्थीहरुलाई उद्यमी बन्न सघाउने उद्वेश्य सहित यस्ता कार्यक्रमहरु गर्दै आएको छ ।

आज दिउँसो हुने उक्त कार्यकमलाई गोरखा नगरपालिकाका मेयर कृण्णबहादुर राना मगरले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।