
अभिषेक तामाङ, गाेरखा । प्रदेश सरकार मातहत रहेकाे गाेरखा जिल्ला अस्पतालमा लिफ्ट जडान गरिएकाे छ । गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लिफ्टकाे शुक्रबार उद्घाटन गरेका छन् ।
प्रदेश सरकारकाे ७५ लाख लगानीमा लिफ्ट जडान भएकाे हाे । अघिल्लाे आर्थिक वर्षमामा गण्डकी प्रदेशकाे सरुवा तथा सँक्रामक राेग अस्पताल पाेखरा र गाेरखा अस्पतालमा लिफ्ट जडान भएकाे मुख्यमन्त्री पाण्डेले बताए ।
प्रदेशमा बागलुङकाे वुर्तिवाङ र गाेरखामा रहेकाे पुरानाे अस्पताल आँपपिपल अस्पताललाई स्तराेन्नती गरी ५० शैया बनाइएकाे पाण्डेले बताए ।
गाेरखा अस्पतालमा लिफ्ट बनेसँगै असक्त विरामीहरुका लागि सहज हुने अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. सिद्धार्थ खनालले बताए ।






