पहिराेले राजमार्ग अवरुद्ध

-


     मनासलु     
     भाद्र २१ गते २०८१ मा प्रकाशित


तनहुँ । तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान गएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।बिहीबार रातिदेखि परेको वर्षाका कारण गएको पहिरोले घाँसीकुवा–डुम्रे खण्ड अवरुद्ध भएको हो । लेदो सहितको पहिरो हटाउने काम भइरहेको छ छिट्टै एकतर्फी सञ्चालन गर्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।