राजेन्द्र न्यौपाने
२६ भदौ, गोरखा । गोरखामा दैनिक गतिविधिका लागि गरिने चहलपहल ठप्प रहेको छ । जिल्लाबाट लामो तथा छोटो दुरीका सवारी छुटेका छैनन् । सरकारी कार्यालय, बैँक तथा विद्यालयहरु बन्द रहेका छन् । सडकमा तीनवटा सुरक्षा निकायका सुरक्षाकर्मीहरु देखिएका छन् ।
सरकारी कार्यालय परिसरमा सेना तथा प्रहरी तैनाथ गरिएको छ । कर्फुु लागेको दोस्रो दिन गोरखाको जनजीवन सामान्य रहेको छ । देशको परिस्थिति अव के हुन्छ भनेर मानिसहरु अन्यौलमा नै रहेका छन् । समाचारहरुले के दिन्छन् भनेर अनलाइन, पत्रपत्रिका र टेलिभिजन तर्फ मानिसहरु झुम्मिएका छन् ।
जेनजी समूहको आन्दोलनका कारण गोरखा जिल्लामा कुनै पनि मानवीय तथा भौतिक सम्पतीको क्षति भएको छैन । ;सडकमा छिटपुट रुपमा नीजि सवारी चलेपनि सार्वजनिक सवारी चलेका छैनन् । सेनाले घर बाहिर ननिस्कन सूचना गरेकाे छ ।






