गर्भवती हुन नसकेकी महिलाको हेलिकप्टरबाट उद्धार

शनिबार, असाेज ४, २०८२
0
341

५ असोज, गोरखा । गोरखामा एक गर्भवती महिलालाई सुत्केरी हुन नसकेपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । भिमसेन थापा गाउँपालिका–४ की ३० वर्षीया रञ्जिता कट्टेललाई आज उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक सरोज कार्कीले जानकारी दिनुभयो ।
छ दिनदेखि सुत्केरी व्यथाले च्यापे पछि डेलिभरीका लागि गाउँपालिकाको अस्पताल हुँदै गोरखा अस्पताल ल्याइएको र त्यहाँ पनि उपचार हुन नसकेपछि मातृशिशु कार्यक्रम अन्तर्गत हेलिकप्टरबाट उद्धार गरिएको निरीक्षक कार्कीले जानकारी दिनुभयो ।
अनुसार गर्भवती महिलालाई प्रसूति मितिभन्दा अगावै बेथा लागेकाले गोरखामा उपचार सम्भब नभएपछि गृह मन्त्रालयले उपलब्ध गराएको वेसक्याम्प हेलिकप्टर मार्फत काठमाडौको थापाथलीस्थित प्रसूति गृहमा लगिएको प्रहरी निरीक्षक काकीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here