गोरखा–काठमाडौ एकीकरण पदमार्ग यात्रा आजबाट सुरु

सोमवार, पुस २१, २०८२
0
104
२१ पुस, गोरखा । ३०४ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर गोरखा–काठमाडौ एकीकरण पदमार्ग यात्रा नेपाली सेनाको पदयात्रा सुरु भएको छ । आजदेखि गोरखा दरबारस्थित हनुमान भन्ज्याङबाट पदयात्रा सुरु भएको छ ।

राज्य एकीकरणको क्रममा राजा पृथ्वी नारायणशाहद्धारा प्रयोग भएको गोरखादेखि काठमाडौंसम्मको पदमार्गमा सेनाले यात्रा गर्ने छ ।
अधिकृत कमान्डको टोली टर्च र नेपाली सेनाको पहिलो पाँच कम्पनी (श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्द बहादुर र सबुज गण) को झण्डा सहित पदयात्रामा निस्किएका छन् । सेनाको पहिलो पाँच कम्पनीसहित रुद्रध्वज गण, भैरव गण, शेर गण, भैरवीदल गण र शार्दुलगणको टोली यात्रामा सहभागी छन् । यो यात्रा २०७६ सालदेखि सुरु भएको हो । गोरखाबाट धादिङ, नुवाकोट हुँदै २६ गते काठमाण्डौ पुग्ने र २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा हनुमानढोकामा आयोजित कार्यक्रममा सहभागी हुने नेपाली सेनाको रुद्रध्वज गणका गणपती बिरोध रिजालले जानकारी दिनुभयो ।
पदयात्रामा रुद्रध्वज गण, भैरव गण, शेर गण र शार्दुल गण सहभागि हुनेछन् । आज एक कार्यक्रमकाबीच उनीहरूलाई टर्च र झण्डा हस्तान्तरण गरेर गोरखाबाट बिदाई गरिएको छ । पश्चिम पृतना हेडक्वाटर पृतनापति उपरथी भोलानाथ थापा र स्थानीय जनप्रतिनिधिले संयुक्त रूपमा उनीहरूलाई टर्च र झण्डा हस्तान्तरण गरेका थिए ।
एकीकरण मार्गमा रहेको कोट र गढी संरक्षणका गर्ने उदेश्यका साथ पदयात्रा कार्यक्रम गरिएको गोरखा नगरपालिका प्रमुख कृष्ण बहादुर राना मगरले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here