बाबु आमाकाे स्मरणमा मानवसेवा आश्रमलाइ नगद सहयाेग प्रदान

-


     मनासलु     
     फागुन २७ गते २०७८ मा प्रकाशित


गाेरखा । स्वर्गिय बुबा ठाकुरसिंह थापा र आमा उत्तरकुमारी थापाको सम्झनामा गाेरखा नगरपालिका वडा नम्बर ७ का रेखा राना र डिलेन्द्र रानाले मानवसेवा आश्रमलाइ एउटा काेठा निर्माणका लागि  पाँच लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेका छन् ।

जिल्ला घर भइ हाल बेलामा रहँदै आएका रानाले एउटा काेठा निर्माणका लागि लाग्ने बराबरकाे खर्च प्रदान गरेका हुन् । विहिबार उक्त रकम मानवसेवा आश्रम पुगेर सँस्थाका अभिभावकहरुकाे उपस्थितिमा प्रदान गरेका हुन् । सहयाेग गर्ने सहयाेगीलाइ मानवसेवा आश्रम गाेरखाले धन्यवाद प्रदान गरेकाे छ । सहयाेग हस्तान्तर कार्यक्रममा सँस्थाका अभिभावक शितलकाजी मास्के, शाखाका प्रमुख मुना लामा लगायतकाे उपस्थिति रहेकाे थियाे ।