नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चैत १२ गते बारपाक सुलिकाेट आउने

-


     मनासलु     
     फागुन २७ गते २०७८ मा प्रकाशित


गाेरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड  चैत १२ गते बारपाक सुलिकाेट आउने भएका छन् । बारपाकसुलिकाेट गाउँपालिकाकाे प्रशासनिक भवन उद्घाटनका लागि पालिकाकाे निमन्त्रणामा प्रचण्ड गाेरखा आउन लागेका हुन्  । पूर्व प्रधानमन्त्री समेत रहेका उनले यस अघि उक्त भवनकाे शिलान्याश गरेका थिए । प्रचण्ड गाेरखा आउने निश्चित भएकाे गाउँपालिका अध्यक्ष विष्णु भट्टले बताए ।

बारपाक सुलिकाेट गाउँपालिकाकाे प्रशासनिक भवन ।