
गाेरखा । गाेरखामा पूर्व सूरक्षाकर्मीहरु सँगठित भएका छन् । गैर राजनैतिक रुपमा सङ्गठित भएका उनीहरुले शुक्रबार एक कार्यक्रम गरी सम्पुर्ण पुर्ब सुरक्षाकर्मि एक हौ,राष्ट्रको सान मान कायम राखौ,भन्ने मुल नाराको जिल्लामा पूर्व सुरक्षाकर्मि परिषद नेपालको जिल्ला परिषद गोरखा गठन गरेका छन् ।
कार्यक्रममा गाेरखा जिल्ला समन्वय समिति प्रमुख माेहन बहादुर थापाले पूर्व सुरक्षाकर्मीहरु एक हुनु खुशीकाे कुरा भएकाे बताए । सेना, प्रहरी, व्रिटिस, भारतीय सेना सबै एकै ठाउँमा गाेलबद्ध भइ सँङ्गठित हुन सुन्दरपक्ष रहेकाे बताए ।
परिषदका गण्डकी प्रदेश सँयाेजक उत्तर कुमार श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा हरी बहादुर थापाकाे अध्यक्षतामा ३५ सदस्यिय समिति गठन भएकाे छ । जसकाे उपाध्यक्ष राेल बहादुर थापा, सचिव बद्रि पाेखरेल, काेषाध्यक्ष बाबुकाजी श्रेष्ठ रहेका छन् ।

कार्यक्रममा परिषदका केन्द्रिय अध्यक्ष केवी राउत, सचिव आनन्द सिँखडा, प्रवक्ता हेमशङ्खर गिरि लगायतले सम्बाेधन गरेका थिए ।
जिल्ला समन्वय समिति गाेरखाका सभाहलमा भएकाे कार्यक्रममा तीनसय भन्दा धेरे पूर्व सुरक्षाकर्मीहरुकाे सहभागिता रहेकाे थियाे । पेशागत हितका लागि सबै सुरक्षाकर्मीहरु एक हुनेक्रम जारी रहेकाे गण्डकी प्रदेश सँयाेजक श्रेष्ठले बताए ।






