पासपाेर्ट अनलाइन फारम आजदेखि दैनिक खुल्ने

-


     मनासलु     
     मंसिर १५ गते २०७९ मा प्रकाशित


गोरखा । आजदेखी दैनिक रुपमा राहदानी (पासपोर्ट) का लागि अनलाइन आवेदन खुल्ला हुने भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले  एक सूचना जारी गर्दै बिहीबारदेखी दैनिक रुपमा पासपोर्टका लागि अनलाइन आवेदन खुल्ला गर्ने जनाएको हो ।

यस अघि कार्यालयले प्रत्येक हप्ताको बुधबार मात्र अनलाईन फारम खोल्दै आएकोमा मंसिर १५ गतेबाट भने दैनिक रुपमा खुल्ने प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले जानकारी दिए। आवेदनका लागी प्रशासन बिहान १० बजेदेखी खुल्ला हुने उनले बताए ।

उनका अनुसार बिहीबारबाट प्रति घण्टा सरोवरले १० जनाको नाम लिएर सिफारीस गर्ने छ । अब भने दैनिक रुपमा ६० देखी ८० जनाले अनलाईन फारम भर्न सक्ने प्रशासनले जनाएको छ ।