मंगलेश्वर महादेव मन्दिर च्याङ्लीमा शिवरात्री मेला

शनिबार, फाल्गुन ६, २०७९
0
203

पालुङटार नगरपालिका ७, च्याङ्लीमा रहेको मंगलेश्वर महादेव मन्दिरमा शिवरात्रीको दिन लागेको धार्मिक तथा संस्कृतिक मेलामा भक्तजनहरुको घुईचो लागेको छ । हरेक बर्ष जस्तो यो बर्ष पनि च्याङ्ली सामुदायिक सिकाई केन्द्रको आयोजना र पालुङ्टार नगरपालिकाका, मंगलेश्वर महादेव मन्दिर व्यवस्थापन समिति, खोलाघाट भट्टफाँट टोल विकास संस्था, दिगो महिला समुह, मंगलेश्वर किसान क्लब महिला समुह, जनसृजना महिला समुह लगायतको बिशेष सहयोगमा धार्मिक मेला भएको हो । मेलामा गण्डकी प्रदेशका सभामुख कृष्ण धितालको प्रमुख आतिथ्यता रहेको थियो भने गण्डकी प्रदेशका सांसद फणिन्द देवकोटा, पालुङ्टार नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डे लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले चाडपर्वको नाममा हुने बिसंगती र बिकृतीको अन्त्य गर्न आवश्यक रहको बताउनुभयो । बिशेषत् चाडपर्वको बेला संस्कार र संस्कृति जोगाउने तर्फ भन्दा पनि रमाईलो गर्ने बाहानामा अनेक हर्कतहरु हुने गरेको तर्फ सचेत गराउँदै धार्मिक आस्थालाई जिवन्त राख्न यस्ता कार्यक्रम र परम्पराले महत्वपूर्ण भुमीका खेल्ने बताउनुभयो । यो ठाउँको पहिचानको लागि, प्रचार प्रसारको लागि पनि हरेक बर्ष शिवरात्रीको दिन मेला तथा संस्कृतिक कार्यक्रम राख्न आवश्यक बजेट छुट्याउने नगरपालिकालाई बिशेष धन्यवाद दिदै धार्मिक क्षेत्रलाई केबल धार्मिक आस्थासंग मात्र विकास नगरी पर्यटनको रुपमा पनि विकास गर्दै आम्दानीको स्रोत बनाउन सक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा प्रदेश सांसद फणिन्द्र देवकोटाले यस क्षेत्रको विकास र समृद्धिको लागि आफूले प्रदेशबाट गर्न सक्ने सहयोग निरन्तर हुने बताउनुभयो । यसै क्षेत्रबाट निर्वाचित सांसद भएको कारणले पनि यस क्षेत्रको विकास र समस्यामा आफूले चासो राख्ने बताउँदै मंगलेश्वर धार्मिक क्षेत्रको विकासको लागि थप पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पालुङटार नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डेले स्थानीय बजेटले पर्याप्त काम गर्न नसकिने हुँदा प्रदेश वा केन्द्रलाई हारगुहार गर्न परेको बताउनुभयो । प्रदेश सभामुख र सांसद भएकै बेला यो मंगलेश्वर महादेव परिसर हेरेर थप विकासमा के कस्ता पहल गर्न सकिन्छ गरिदिन समेत उहाँले आग्रह गर्नुभयो । मन्दिर परिसरमा नवनिर्मित विवाह मण्डपको समेत सभामुख धितालले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा राष्टिय तथा स्थानीय कलाकारहरुको संगीतिक प्रस्तुती पनि रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here