
मुक्तक १
कवि प्रेमी र पागल खास उस्तै उस्तै लाग्छ
रवि जल र चलेको बतास उस्तै उस्तै लाग्छ
जतिनै दुख कष्ट दिएनि खुसी मनले सही दिने
मलाई मेरी आमा र आकाश उस्तै उस्तै लाग्छ ।
मुक्तक २
उसले माया गर्छ कि भनेर इन्तजार नगर्नु
कोही सरै राम्रो लागो भन्दैमा प्यार नगर्नु
माया गर्नै छ भने आपसमा दिल साटेर गरौं,
कसैको निम्ती आफ्नो जीवन उपहार नगर्नु ।
मुक्तक ३
चौतर्फि विकाश गर्नलाई मन हुनु पर्छ
गरी खान नलजाउँने हाम्रो तन हुनु पर्छ
नारी पुरूष सवै मिलौ नझुक्ने कही पनि
सुन्दर समृद्ध गोर्खालीको जीवन हुनु पर्छ ।
मुक्तक ४
एक्कासी अचेल कहीँ हराएको छु
दुख्छ पीडाले किन डराएको छु
मनको कुरो मनमै राख्दिन अब
मैले तिमीलाई मन पराएको छु ।
मुक्तक ५
जुनिजुनी सँगै माया लाउँ लाउँ लाग्छ
पल पल तिम्रो गाउँमा जाउँ जाउँ लाग्छ
सजाई राख्या छ मेरो हृदयको कुनामा
समिपैमा कुरा गर्न आउँ आउँ लाग्छ ।
अनुप शर्मा
मोनाबारी गाउँ,विश्वनाथ भारत





