गाेरखा । गोरखा अमरसिँह नगर पर्यटन संस्थाको चौथो वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएकाे छ । संस्था स्थापनाको दिन पारेर संस्थाका अध्यक्ष हरिकुमार थापाको सभापतित्वमा र सिरानचोक गाउँ पालिका वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम प्रसाद बस्तीको प्रमुख आथित्यतामा सम्पन्न भएको हाे ।
कार्यक्रममा वडा भित्रका समाजसेवीहरू कुलबहादुर बस्नेत बाबुराम बोगटी र गिरीबहादुर बानियाले शुभकामना मन्तव्य राखेका थिए । वडा नं ६ का निबर्तमान वडा अध्यक्ष नारायण बाबू दानी क्षेत्रीले अमरसिंह थापाको योगदानको स्मरण गर्दै संस्था स्थापना र पार्क निर्माणमा सिरानचोक गाउँपालिका र सम्बन्धित वडाले खेलेको भुमिकाको बारेमा जानकारी दिए ।
कार्यालयको तर्फबाट वडा सदस्य छबिलाल श्रेष्ठ तथा सिरानचोक गाउँकार्यपालिकाको तर्फबाट मनमाया गुरुङले वडा भित्र भइरहेका विकास निर्माण तथा आयोजनाहरूको बारेमा जानकारी गराउँदै संस्थाको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए ।
प्रमुख अतिथिको आसनबाट बोल्दै सिरानचोक गाउँपालिका वडा नं ६ का वडाध्यक्ष प्रेमप्रस्ताव वस्तीले यस सिरानचोक गाउँपालिका वडा नम्बर ६ डाडेमा स्थापित अमरसिंह पार्कलाई यस अवस्थासम्म ल्याईपुर्याउनको लागि यस अमरसिंह नगर पर्यटन संस्थाको अहम् भूमिका रहेको र अब बन्ने नयाँ कार्यसमितिले झनै थप जिम्मेवारीका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।
अमरसिंह पार्कको उन्नति , प्रगति र विकासका लागि वडा कार्यालयको तर्फबाट भरपूर सहयोग गरिने तर यसकोलागि कार्यसमितिका पदाधिकारीहरु , संस्थाका आजीवन सदस्यहरु , साधारण सदस्यहरु , शुभचिन्तक तथा सम्पूर्ण वडाबासीहरुको पनि उत्तिकै जागरुकताको खाँचो रहेको कुरा बताउनुभयाे ।
कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि उपस्थित प्रमुख अतिथि, बिशेष अतिथि , अतिथि गण , आजीवन सदस्यहरु , साधारण सदस्यहरु तथा सम्पूर्ण शुभचिन्तकहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यक्रमका सभापति हरी कुमार थापाले उद्घाटन सत्रको समापन गरे ।
निम्नलिखित पदाधिकारीहरु सर्वसम्मत रुपमा निर्वाचित गरिएको संस्थाका नवनिर्वाचित महासचिव राजेन्द्र अर्यालले जानकारी दिए।
अध्यक्ष :- रविन अधिकारी वरिष्ठ उपाध्यक्ष :- खमबहादुर राना उपाध्यक्षः- गिरीबहादुर बानिया महासचिव :- राजेन्द्र अर्याल सचिव :- चेत बहादुर दानी कोषाध्यक्ष :- हिमकुमारी बोगटी सहकोषाध्यक्ष :- केन्द्र प्रसाद सापकोटा सदस्यहरु:- हरि बहादुर पोखरेल , राम बहादुर दानी , भुबन सिङ बस्नेत , बिक्रम गुरुङ , चित्र कुमारी घर्ती र सुब्बा गुरुङ ।






