भदौ १३, गोरखा ।
कोरोना संक्रमणबाट ज्यान गुमााएका गोरखाका एक युवकको परिवारका २ सदस्यलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । गोरखा नगरपालिका–१३ का ३८ बषिर्य पुरुषको परिवारका ३२ र ३६ बर्षका २ जना सदस्यमा संक्रमण पुष्टी भएको हो ।
संक्रमित दुवै जना महिला हुन । उनीहरु चितवन स्थित भरतपुर अस्पतालमा शुक्रबार ज्यान गुमाएका पुरुषका आफन्त भएको स्थानीय जनप्रतिनिधिले बताएका छन । शुक्रबार साँझ गरिएको पिसिआर परिक्षणका क्रममा दुवै जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरूलाइ भरतपुर अस्पतालको आइसोलेसनमा कक्षमा राखिएको छ ।




